चरा ठोक्किएपछि पोखराबाट काठमाडौं उड्न ठिक्क परेको बुद्ध एअरको विमान उतै रोकिएको छ । साँझ ६ बजेको उडान नम्बर यु ४ ६६० को विमान धावन मार्गमा पुगेपछि चरा ठोक्किएको बताइएको छ ।
त्यसपछि विमानमा रहेका सबै यात्रुलाई ओरालेर पोखरा विमानस्थलको प्रस्थान कक्षमा राखिएको हो ।
प्राविधिक परीक्षणपछि उडान गरिने जनाइएको छ । प्राप्त विवरणअनुसार विमानमा क्षति पुगेको छैन ।
