• Monday 5th of October 2026

गमगढी बजारमा आगलागी, ८ घर जलेर नष्ट


  • धनकुटा खबर
  • .

काठमाडौं । मुगुको गमगढी बजारमा भीषण आगलागी भएको छ ।

गएराति करिव पौने २ बजेतिर गमगढीबीच बजारमा लागेकाे भीषण आगलागीबाट ८ घर जलेर नष्ट भएको हो ।

कम्प्युटर पसलबाट सल्केकाे आगाेले थप घरमा क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए । उनका अनुसार आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको छ।

आगलागीबाट ८ घर धनीसहित विभिन्न व्यवसाय तथा डेरा गरी बस्ने थुप्रै परिवारहरू घरबारविहीन भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖