• Tuesday 6th of October 2026

विरामीको मृत्युपछि मणिपालमा चिकित्सकमाथि हातपात


  • धनकुटा खबर
  • .

पोखरा । विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनाव छ ।

असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पतालका केही सीसा फुटाएका छन् ।

स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖