• Tuesday 6th of October 2026

बिदाको दिन चलाएको भन्दै विप्लवको युवा संगठनले लियो सरकारी गाडी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले बताए ।

जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उनले बताए । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ ।

गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अब पालिकासम्म पुर्‍याउने संगठनका जिल्ला इन्चार्ज राजकुमार गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖