• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यि हुन् अश्लील भिडिओको आडमा स्पा सेन्टरमा युवतीलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने सञ्चालक


  • धनकुटा खबर
  • .

काठमाडौं । रोजगारीको प्रलोभन देखाई स्पा सेन्टरमा वेश्यावृत्तिमा लगाएको आरोपमा सञ्चालक पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले युवतीलाई बाध्य पारेर वेश्यावृत्तिमा लगाएको आरोपमा आइतवार सङ्खुवासभा भएका ४३ वर्षीय दिनेश पौडेललाई काठमाडौं रातोपुलस्थित “नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर”बाट पक्राउ गरेको हो ।

प्रहरी टोलीले स्पा सेन्टरमा जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका तीन युवतीलाई उद्धार गरेको थियो । अनुसन्धानका क्रममा आरोपी सञ्चालकले पुरुषहरूसँग अश्लील क्रियाकलाप गरेको फोटो, भिडिओ आफूसँग सुरक्षित रहेको र भने अनुसार नगरेमा/नमानेमा सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाइदिने भनी डर त्रासमा पार्ने गरेको खुलेको छ ।

प्रहरीका अनुसार उद्धार गरिएका युवतीको आर्थिक अवस्था कमजोर भएको र कम पढेलेखेको भएकाले सञ्चालकले उनीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारेका थिए । त्यसपछि उनीहरूलाई विभिन्न ठाउँमा स्पा सेन्टरमा पालैपालो काममा लगाउने गरेका थिए ।

ती स्पा सेन्टरमा युवतीहरूलाई जबर्जस्ती शारीरिक सम्पर्क राख्न दबाब दिन्थे । नमानेको अवस्थामा सञ्चालकले उनीहरूलाई शारीरिक र मानसिक यातना दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उद्धार गरिएका तीन युवतीमध्ये दुई जना नाबालिका रहेको प्रहरीले उल्लेख गरेको छ । त्यस्तै युवतीहरूलाई जबर्जस्ती यौन व्यवसायमा लगाएर सञ्चालक पौडेलले आर्थिक लाभ लिने गरेको प्रहरीले जनाएको छ । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖