• Thursday 8th of October 2026

यू–१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्दै, सेमिफाइनल पुग्न दुवै टिमलाई जित्नै पर्ने दबाब


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖