• Friday 9th of October 2026

एएफसी एसियन कप सुरु हुँदै, एसियाका २४ टिमबीच प्रतिस्पर्धा


  • धनकुटा खबर
  • .

आजदेखि कतारमा एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एएफसी एसियन कप सुरु हुँदैछ। गत वर्ष हुनु पर्ने एसियन कप एक वर्ष ढिला गरी भएकाले प्रतियोगिताको नाम २०२३ एएफसी एसियन कप राखिएको छ।

यो प्रतियोगिता एसियन कपको १८औँ संस्करण हो।

एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजना हुने प्रतियोगितामा २४ टिमबीच हुनेछ।

सन् २०१९ मा भएको पछिल्लो संस्करणको उपाधि कतारले जितेको थियो।
१७ अक्टोबर २०२२ मा एएफसीले मूल आयोजक चीनको स्थानमा प्रतियोगिता कतारमा आयोजना हुने घोषणा गरेको थियो।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज आयोजक कतार र लेवनानबीच लुसेल रंगशालामा खेल हुनेछ। यो मैदानमा २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच खेल भएको थियो।

समूह विभाजन
समूह ए – कतार, चीन, ताजिकिस्तान, लेवनान

समूह बी – अस्ट्रेलिया, उज्वेकिस्तान, भारत, सिरिया
समूह सी – इरान, युएई, हङकङ, प्लेस्टाइन
समूह डी – जापान, इन्डोनेसिया, इराक, भियतनाम
समूह ई – दक्षिण कोरिया, मलेसिया, जोर्डन, बहराइन
समूह एफ – साउदी अरेबिया, थाइल्यान्ड, किर्गिस्तान, ओमान

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖