दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । भारत सेमिफाइनलमा पुग्ने लगभग निश्चित भइसकेको छ । यता नेपालको भने सेमिफाइनलमा पुग्ने सम्भावना टुंगिसकेको छ । नेपालले सुपर सिक्स खेल खेल्नु अगावै सेमिफाइनल सम्भावना टुंगिसकेको थियो ।
नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो । सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेश विरुद्ध ५ विकेटले पराजित भएको थियो ।
भारतले यू–१९ विश्वकपमा नेपालविरुद्धका अघिल्ला दुवै खेलमा जित हात पार्न सफल भएको छ । नेपालले सन् २००० मा आठ विकेटले र २०१६ मा सात विकेटले हार बेहोरेको थियो ।
सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । भारत र पाकिस्तानको समान ६-६ अंक रहेको छ । बंगलादेश र न्युजिल्याण्डको क्रमश: ४ र २ अंक छ । नेपाल र आयरल्याण्ड अंक विहिन छन्।
दोस्रो समूहमा अष्ट्रेलियाको ३ खेलमा ६ अंक छ ।, वेस्टइन्डिज र दक्षिण अफ्रीकाको समान ४-४ तथा श्रीलंका र इंग्ल्यान्डको २-२ अंक छ । जिम्बाब्वेको भने ३ खेलमा कुनै अंक छैन ।
