• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रोनाल्डोको गोलसँगै अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा


  • धनकुटा खबर
  • .

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको क्लब अल नासर एएफसी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ टोलीबिचको भिडन्तको दोस्रो लेग खेलमा अल नासरले अल फेहालाई २–० गोलले हरायो ।

उक्त नतिजासँगै अल नासर ३–० कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो । यसअघि खेलिएको पहिलो लेग खेलमा पनि अल नासर १–० गोलले विजयी भएको थियो ।

दोस्रो लेग खेलमा अल नासरले दुबै हाफमा एक–एक गोल गरेको थियो । खेल सुरु भएको १७औँ मिनेटमा अल नासरका लागि ओताभियोले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि कप्तान रोनाल्डोले अल नासरका लागि दोस्रो गोल थपेका थिए ।

अल नासरले प्रतियोगिताको क्वार्टरफाइनलमा अल आइनको सामना गर्नेछ । क्वार्टरफाइनलको पहिलो लेग खेल मार्च ४ तारिखमा खेलिने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖