काठमाडौं, २१ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजनै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले आजनै सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारीसमेत गरेका छन् । जाँदाजाँदै मन्त्री अनितादेखिले संसद्मा उक्त विधेयक दर्ता गराएकी हुन् ।
आज नै मन्त्री पद जाने निश्चित रहेको अवस्थामा मन्त्री अनिता देवी भने सिंहदरबारमा अझै ब्यस्त छिन् ।
