• Tuesday 6th of October 2026

सुत्दा बारम्बार घाँटी किन सुक्ने गर्छ ? जान्नुहोस् यो समस्या


  • धनकुटा खबर
  • .

काठमाडौं : अक्सर बिहान उठेपछि घाँटी सुख्खा रहन्छ । यो सामान्य पनि हुन सक्छ। किनकी सुत्ने बेला मुखमा र्यालको उत्पादन कम हुन्छ, तर यदि हरेक दिन यस्तो हुन्छ भने सावधानी अपनाउनु पर्छ।

किनभने यसतर्फ ध्यान नदिने हो भने केही रोग पनि लाग्न सक्छ । जान्नुहोस् यो समस्या कति खतरनाक ?

सुत्दा मुख सुख्खा हुने कारण

१. शरीरमा पानीको कमी

२. स्लीप एपनिया

३. निश्चित प्रकारका औषधिहरूकाे प्रभाव

४. खानपिनकाे समस्या

५. मद्दपान र धुम्रपानकाे असर

६. माउथवाशकाे प्रयाेग

७. अटोइम्यून डिसअर्डर

के भन्छन् विज्ञहरु ?

स्वास्थ्य विज्ञहरू भन्छन् कि कहिलेकाहीँ सुत्दा मुख सुख्खा हुनु सामान्य हुन सक्छ तर, बारम्बार हुनु अटोइम्यून डिसअर्डरको संकेत हुन सक्छ। जसमा प्रतिरक्षा प्रणाली आफैंले शरीरको विरुद्धमा काम गर्न थाल्छ।

यसले आँखा, मुख र वरपरका अंगहरूमा सुख्खापन निम्त्याउँछ। जहिले पनि यस्तो अवस्था आउँछ, सचेत हुनुपर्छ। तुरुन्तै गएर डाक्टरकहाँ जानुपर्छ। ताकि जतिसक्दो चाँडो समस्या समाधान होस्।

कसरी जोगिने ?

बारम्बार पानी पिउनुहोस्, आफैलाई हाइड्रेटेड राख्नुहोस्।

शरीरमा पानी कम हुन नदिनुहोस्।

रक्सी र सुर्तीजन्य पदार्थबाट टाढा रहनुहोस्।

अनावश्यक माउथवाशको प्रयोग नगर्नुहाेस् ।

बिहान उठ्नेबित्तिकै मुख वा घाँटी सुख्खा हुन थालेमा सचेत रहनुहोस्। एजेन्सीबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖