• Sunday 18th of October 2026

एमाले मुख्य सचेतकमा बर्तौला, सचेतकमा बराल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई मुख्य सचेतक बनाएको छ । सचेतक रहेका उनलाई मुख्य सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ ।

सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । मुख्य सचेतक यसअघि पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई मुख्य सचेतक बनाइएको हो ।

उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖