• Sunday 18th of October 2026

बागमतीमा कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिँदै


  • धनकुटा खबर
  • .

काठमाडौं– बागमती सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका ६ मन्त्रीले आज सामूहिक राजीनामा दिने तयारी गरेका हुन् ।

आज कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भएको प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन रामकृष्ण चित्रकारले जानकारी दिए ।

बागमतीमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रामकृष्ण चित्रकार, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकर महर्जन रहेका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भयसँगै प्रदेशमा पनि त्यसको असर पर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएसँगै नेपाली कांग्रेस बाहिरीको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖