• Sunday 18th of October 2026

एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रेम आलेलाई प्रचण्ड सरकारमा पठाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) पनि नयाँ गठबन्धनमा सामेल हुने भएको छ । माधव नेपालले सचिवालय बैठक राखेर यस्तो निर्णय लिन लागेका हुन् । सो दललाई दुई मन्त्रालय अफर गरिएको छ।

जसमा राजेन्द्र पाण्डे र प्रेम आलेलाई पठाउनेगरि छलफल भएको छ । आलेले यसपटक विकास मन्त्रालयको नेतृत्व गरेर जान चाहेका थिए ।

तर, भौतिक पूर्वाधार मन्त्रालयमा एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्रीसहित सरकारमा जाने निश्चित् भएको छ । अहिले आलेको नजर पर्यटन मन्त्रलायमा परेको छ । राजेन्द्र पाण्डे कृषि वा उद्योग मन्त्रालयको नेतृत्वमा जाने सम्भावना रहेको चर्चा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖