काठमाडौं । सत्ता गठबन्धन दलहरु शक्ति बाँडफाँटमा व्यस्त भएका बेला संसद्को पहिलो दल नेपाली कांग्रेसले छुट्टै गठबन्धनको तयारी सुरु गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले गठबन्धनमा सहभागी भइ नसकेका दलहरुलाई एकत्रित गर्न थालेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई परिवर्तित परिस्थितिबारे छलफल गरेका छन् । छलफल सकारात्मक भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
यसअघि हिजो राति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए । नयाँ परिस्थितिबारे एकीकृत समाजवादीले आजै सचिवालय बैठकमार्फत निर्णय गर्दै छ ।
