• Sunday 18th of October 2026

सत्ता जोगाउन पर्सिनै हाम्रो पार्टी खोज्ने अवस्था नआओस् :राजेन्द्र लिङ्देन


  • धनकुटा खबर
  • .

काठमाडौं,२४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता जोगाउन केही दिनमै आफ्नो पार्टीलाई खोज्ने अवस्था आउनसक्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्व उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका लिङ्देनले नवगठबन्धनले आफ्नो पार्टी र पार्टीका एजेण्डालाई स्वीकार नगरेको भन्दै गठबन्धनको ८ बुँदा आफ्नो नोटिसमा रहेको बताए ।

उनले भने- कतिपय साथीहरूलाई भ्रम भयो राप्रपा पनि यो सरकारमा सहभागी हुन इच्छुक थियो भन्ने । उसले पनि प्रयास गरेको भन्ने अर्थ लगाइयो। कतिपय साथीहरूले उत्साहका साथ भन्नुभयो हामीले राप्रपालाई नलिने भनेर । त्यसलाई हामीले नोटिसमा राखेका छौँ। हामीले यो सत्ताको चलखेलमा सामेल हुँदैन भनिसकेपछि यो विषय आयो राप्रपाले सहभागी हुन खोजेर पनि नपाएको भन्ने कुरा भ्रम नरहोस्। तपाईँको गठबन्धनले पर्सि नै यो राप्रपालाई खोज्ने दिन नआओस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖