• Sunday 18th of October 2026

एमाले सचिवालय बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको बताइएको छ ।

बिहान ९ बजे बैठक डाकिएको उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई बताए । उनका अनुसार पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖