• Saturday 17th of October 2026

ह्वात्तै बढ्यो सुनको भाउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गत शुक्रबारदेखि एकैपटक सोमबार खुलेको बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोमा समान तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै बढ्दै १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖