• Saturday 17th of October 2026

१७ जना युवाले एकैपटक कर्णाली पुलमा हामफालेँ, एक जना बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं— होली मनाएर रमाइलो गर्दै कर्णाली पुलमा हामफालेँका १७ जना युवामध्ये एकजना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा कैलालीको चिसापानी ३० वर्षीय युवा लोकेन्द्र शाही छन्।

होली मनाउने क्रममा मदिरा सेवन गरेका युवाहरू पौडी खेल्ने उद्देश्यले कर्णाली पुलमा फाल फालेका थिए। तीमध्ये एकजना भने बेपत्ता भएका हुन्।

उनको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए।
‘अरुले सम्झाउँदा पनि अटेरी गरेर ती युवा पौडी खेल्न भनेर फाल हानेको पाइएको छ,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖