• Saturday 17th of October 2026

अब भैंसीलाई पनि सुत्केरी भत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । गुल्मीको मालिका गाउँपालिकामा पहिलो बेत ब्याउने भैंसीलाई सुत्केरी भत्ता दिइने भएको छ ।

मालिका गाउँपालिका-८ कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै सुत्केरी भत्ता प्राप्त गर्न पशुपालक कृषकबाट निवेदन माग गरेको हो ।

१ साउन २०८० यता भ्याएका भैसी पालक कृषकले निवेदन दिन सक्ने भएका छन् । कार्यालयका अनुसार कृषकको घरमै जन्मेको भैंसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने छ ।

कम्तिमा तीन जना छिमेकी साँची बसेर मुचुल्का गनुपर्ने समेत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖