• Saturday 17th of October 2026

नुहाउन गएकी किशोरी औँला र पाखुरा काटिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

पाल्पा । पाल्पामा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहास्थित कराम्दीमा मंगलबार सोही ठाउँकी १९ वर्षीया पद्‍मा सुनार मृत फेला परेकी हुन् ।

उनी विहान घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी थिइन् । दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए ।

खोज्दै जाँदा घरभन्दा केही पर गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धानमा एसपी नरेन्द्र चन्दसहितको प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖