• Saturday 17th of October 2026

अमेरिकामा गाडी दुर्घटनामा परि पार्वती रेग्मी पौडेलको निधन


  • धनकुटा खबर
  • .

अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहर बसोबास गर्ने पार्वती रेग्मी पौडेलको मेरिल्याण्डमा गाडी दुर्घटनामा परि निधन भएको छ । ४ जना घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको परिवारका नजिकका शुभचिन्तक /छिमेकीले बताए । दाह संस्कार मार्च २८ बिहिबारका दिन गरिने भएको भएको छ भने सामाजिक संजालमा पनि राखिएको छ ।

डिसी महानगर क्षेत्रबाट संचालित स्थानीय बिदेशी समाचार एबिसी७(डब्लुजेएलए)मा प्रकाशित समाचार अनुसार प्रिन्स जर्ज काउन्टीमा गत आइतवार राति करिव ६ बजे तिर घटना भएको थियो ।

प्रहरी अधिकारीहरूका आइतबार साँझ ६ बजेतिर मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको मलार्ड ड्राइभ तथा लौरेल बोवी रोड(सडक)को क्षेत्रमा दुईवटा सवारी साधन ठोक्किएका थिए ।

पार्वती रेग्मी पौडेललाई अस्पताल पुर्याइएपछि उनलाई मृत घोषित गरिएको थियो । दुर्घटनामा संलग्न अन्य चारजनालाई पनि अवस्थामा अस्पताल लगिएको थियो । परिवारका नजिकका शुभचिन्तक /छिमेकीले इनेप्लिजलाई दिएको सूचना अनुसार वाशिंगटन डिसी घुमेर त्यहाँबाट न्यूयोर्क घुम्ने जाने क्रममा दुर्घटनामा गाडी परेको थियो ।

दुई जना पाहुनाहरु मध्ये एक जना महिलाको अवस्था चिन्ताजनक रहेको छ । हर्नडन भर्जेनिया निवासी पार्वती रेग्मी पौडेलको ४६ वर्षको उमेरमा निधन भएको छ । उहाँ सन्दीप पौडेलकी श्रीमती तथा शिशिर र शिवानी पौडेलकी आमा र मिलनसार एक अद्भुत व्यक्ति हुनुहुन्थ्यो।

स्व पार्वती रेग्मी पौडेलको दाह संस्कार भर्जिनिया राज्यको स्यानटिली शहरमा हुने भएको छ । अन्तिम संस्कार मार्च २८ का दिन बिहिबार १ बजे देखि ३ बजे सम्म राखिएको छ । असामयिक निधनले डिसी क्षेत्रका नेपाली समुदाय मर्माहत भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖