• Saturday 17th of October 2026

कसरी बच्ने विवाहेत्तर सम्बन्धबाट ?


  • धनकुटा खबर
  • .

जब महिला वा पुरुषले आफ्नो पार्टनर बाहेक अरूसँग मानसिक वा शारीरिक सम्बन्ध राख्छन्, तब उसलाई एक्स्ट्रा अफेयरको दायरामा राखिन्छ ।

अर्थात विवाहको सम्बन्ध बाहेक अन्य सम्बन्ध राख्नुलाई विवाहेत्तर सम्बन्ध भनिन्छ । यसका पछाडी धेरै कारण हुन सक्छन् जस्तै आफ्नो पार्टनरसँग राम्रो सम्बन्ध नहुनु, आफ्नो पार्टनरमाथि विश्वास नहुनु, जबरजस्ती बिहे गर्नु, जीवनमा धेरै व्यस्त हुनु, पार्टनरबाट टाढा रहनु आदि ।

१. आफ्नो पार्टनरसँग कुरा गर्नुहोस्

विवाहेत्तर सम्बन्धले परिवार बिगार्छ, धेरै जोडी त सम्बन्धविच्छेदसम्म पुग्छन् । तर कुनै पनि सम्बन्धको जग विश्वासमा अडिग हुन्छ, त्यसैले आफ्नो पार्टनरलाई विश्वास गरेर आफ्नो अफेयर बारे जानकारी दिनुहोस् र तपाईंले कुन परिस्थितिमा यस्तो कदम चाल्नुभयो भनेर बुझाउनुहोस् । तपाईंले आफ्नो पार्टनरलाई भविष्यमा यस्तो गल्ती नगर्ने बाचा पनि गर्नुहोस् ।

२.अवैध सम्बन्ध भएका व्यक्तिलाई सम्पर्क गर्न नै छोड्नुहोस्

विवाहेत्तर सम्बन्धबाट बाहिर आउन चाहनु हुन्छ भने अनैतिक सम्बन्ध भएका व्यक्तिसँग तत्काल सम्पर्क गर्नबाट जोगिनुहोस् । तपाईं आफ्नो पुरानो दिनचर्यामा फर्कनुहोस् र अवैध सम्बन्धलाई सम्पर्क गर्न पूर्ण रुपमा छोड्नुहोस्, अफेयरबाट बाहिर निस्कने यो नै पहिलो पाइला हुनसक्छ तर यसको जानकारी ती व्यक्तिलाई पनि दिनुहोस् जोसँग तपाईं सम्बन्ध राख्न चाहनुहुन्नँ ।

३. आफ्नो पार्टनरसँग समय बिताउनुहोस्

विवाहेत्तर सम्बन्धबाट बाहिर आउन चाहनुहुन्छ भने बिस्तारै ती चिजतिर फर्कनुहोस् जसलाई तपाईंले पछाडि छोड्नु भएको छ । तपाईं अवैध सम्बन्धबाट त्यतिबेला मात्रै बाहिर आउन सक्नुहुन्छ जब तपाईं आफ्नो जीवनलाई स्वीकार्न सक्नुहुन्छ । विवाहेत्तर सम्बन्धका कारण आपसी मन–मुटाव पनि हुनसक्छ । यसो हुन नदिन तपाईं आफ्नो पार्टनरलाई समय दिनुहोस् र आफ्नो प्राथमिकता निश्चित गर्नुहोस् ।

४. विवाह बारे खुलेर कुरा गर्नुहोस्

विवाहेत्तर सम्बन्धमा धेरैजना अवैध सम्बन्ध स्थापित गर्नका लागि आफ्नो विवाहको कुरा लुकाएर राख्छन् अर्थात् आफ्नो विवाहबारे धेरै कुरा गर्न नै चाहँदैनन् । तर विवाहेत्तर सम्बन्धबाट बाहिर निस्कन चाहनुहुन्छ वा यसबाट टाढै बस्न चाहनुहुन्छ भने तपाईंले आफ्नो विवाहबारे खुलेर कुरा गर्नु पर्छ र यसको महत्वबारे पनि कुरा गर्नुपर्छ ।

५.काउन्सिलरको मद्दत लिन सक्नुहुन्छ

विवाहेत्तर सम्बन्धबाट बाहिर आउनका लागि तपाईं काउन्सलरको मद्दत लिन सक्नुहुन्छ । जसरी एजुकेशन काउन्सलर हुन्छन् त्यसै गरी म्यारिज काउन्सलर पनि हुन्छन् जसले तपाईंलाई अफेयरबाट निस्कने सही तरिका बताउनेछन् किनभने थुप्रै पटक यस्ता घटना औपचारिक रुपमा पनि जोडिएका हुन्छन् तर कुनै ठूलो समस्याको सामना गर्नुभन्दा तपाईंले एकपटक काउन्सलरको सल्लाह पक्कै पनि लिनु राम्रो हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖