• Saturday 17th of October 2026

डायमण्ड स्पामा अनैतिक गतिविधि, भेटिए कण्डम


  • धनकुटा खबर
  • .

धनगढी: कञ्चनपुरको महेन्द्रनगरस्थित डायमण्ड स्पा (मसाज सेन्टर) मा अनैतिक गतिविधि भैरहेको बताइएको छ। मसाजका नाममा सञ्चालक अन्शु गुप्ता (आँसु) ले अवैध र अनैतिक गतिविधि गराइरहेका हुन्।

आफूले नेपाल र भारतका प्रहरीलाई पैसा दिएर किनेको भन्नसमेत भ्याउने उनले स्पामा अनैतिक यौन गतिविधि गराइरहेको स्रोतको दाबी छ। स्रोतका अनुसार उनका नागरिकतासमेत दुबै देश (नेपाल र भारत) का छन्।

उनै आशुले स्पाको आडमा यौनजन्य गतिविधिसमेत गराइरहेको बताइन्छ। प्रहरी स्रोतका अनुसार अस्ति आइतबारमात्र महेन्द्रनगरस्थित ४ वटा स्पा (मसाज सेन्टर) मा प्रहरीले छापा मार्दा आशुको डायमण्ड स्पामा कण्डमसमेत फेला परेका थिए। त्यतिमात्र होइन, आशुसहित उनका सबै कर्मचारीलाई जिप्रका लगिएको थियो। यता आशु गुप्ताले पनि आफूलाई जिप्रका लगिएको र सोधपुछपछि छुटेको स्वीकार गरे। तर स्पामा अनैतिक गतिविधि भने नगराएको उनको दाबी छ।

महेन्द्रनगरका डायमण्ड, ग्ल्यामरका २ शाखा र कोहीनुर स्पासहित ४ वटा स्पा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖