• Saturday 17th of October 2026

३ वर्ष दुबईमा ‘पानीजहाज लाइफगार्ड’ को काम, पानीमै डुवेर गयो ज्यान


  • धनकुटा खबर
  • .

होली मनाउने क्रममा कर्णालीका पुलमाथिबाट नदीमा हामफालेर वेपत्ता भएका युवक मृत फेला परेका छन्। होली मनाउने क्रममा सोमबार दिउँसो कैलालीको लम्किचुहा नगरपापलिका ३– चिसापानीस्थित कर्णाली नदीमा १७ जना युवा हामफालेका थिए।

तीमध्येका कञ्चनपुरको बेलौरी नगरपालिका १ वैशाखी स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए। तीन दिनपछि बिहीबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कैलाली प्रहरीका इन्स्पेक्टर लोकेन्द्रसिंह कार्कीका अनुसार शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो। उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए।

उनी ३ वर्ष दुवई वसेर फर्किएका थिए। उनी विदेशमा रहँदा अरब सागरमा पानीजहाजमा ‘सिप लाइफगार्ड’ को काम गर्थे। अरब सागरमा काम गरेर फर्किएका लोकेन्द्र रमाइलो गर्दै लहलहैमा साथीसँगै कर्णालीबाट हाम फाल्दा त्यहीँ बिलाए।

छिमेकीका अनुसार लोकेन्द्र पौडी खेल्न सिपालु नै थिए। कर्णाली पुलबाट हाम फाल्दा शरीरमा पानीले चोट लागेपछि पौडिन नसकेर डुबेको अनुमान प्रत्यक्षदर्शीले गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖