• Saturday 17th of October 2026

भाइको जाँच दिन दाजु पुगेपछि….


  • धनकुटा खबर
  • .

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा एसइई दिन आएका एक जनालाई प्रहरीले समातेको हो ।

गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका दाइ नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भाइको सट्टामा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिन आएका उनको प्रवेशपत्रमा हस्ताक्षर र छाप फरक भएको भेटिएपछि परीक्षा सुरु भएको १५ मिनेटमै परीक्षाबाट निष्काशन गरी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको थियो ।

भाइको लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक सदरमुकामको त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन विष्टले मुलुकी अपराध संंहिता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖