• Tuesday 20th of October 2026

चीनबाट फर्किएपछि नारायणकाजीले भने– भ्रमण सफल भयो, सकारात्मक परिणाम आउँछ


  • धनकुटा खबर
  • .

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ ।

प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘अरु विदेशमन्त्रीहरुले देशभित्र बसेर कम, बाहिर बसेर बढी काम गर्छन् ।’

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए ।बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖