• Tuesday 20th of October 2026

हाम्रो पार्टी सरकारले चलाइदियो, तीन महिनादेखि खाना खाएको छैन :रेशम चौधरी


  • धनकुटा खबर
  • .

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्नो पार्टी वर्तमान सरकारले चलाइदिँदा समस्या उत्पन्न भएको बताए ।

उनले आफूले कसैलाई पनि ‘हत्या गर्ने’ चेतावनी नदिएको भन्दै आफूले रोपेको विरुवामा अहिले च्यातचुत पार्ने काम भएको बताए ।

उनले भने, “घरकै मान्छेले नमान्दा झन् ठूलो समस्या हुँदोरहेछ । पार्टीको विरुवा मैले रोपेँ, अहिले बर्बाद बनाउने काम हुँदैछ । तीन महिनादेखि खाना खाएको छैन । आत्महत्या गर्ने परिस्थितिसम्म पु¥याए । केन्द्रीय समितिको निर्णय मान्दिनँ रे !”

उनले आफ्नो पार्टी अरुले चलाइदिन लाग्दा समस्या भएको बताए ।

“२३ र २४ गते केन्द्रीय समितिको बैठक बोलाएको छौँ, त्यहाँ निर्णय हुन्छ । पार्टी अध्यक्ष र रेशम भन्ने हुँदैन । पार्टीको निर्णय नमान्ने जो कोही भए पनि कारबाही गर्छौँ । पार्टीमा बाहिरबाट हस्तक्षेप भयो । वर्तमान सरकारले पार्टी चलाएकाले यस्तो समस्या भयो,” उनले भने ।-बाह्रखरीबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖