काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादलाई लिएर आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको बताएका छन् ।
आज पार्टीको बैठकमा भएको कुटाकुटबारे पत्रकारहरुसँग कुरा गर्दै चौधरीले सो कुरा बताएका हुन् । यसैगरी उनले आउँदो २३ र २४ गते बस्ने बैठकले छानिछानी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।
पत्रकारहरुसँगको कुराकानीमा चौधरीले केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भएपनि आफूले कुनै धम्की नदिएको प्रष्ट पारे ।
केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक चौधरीले कुट्ने र हत्या गर्नेसम्मको धम्की दिएको आरोप लगाएपछि उनले कसैलाई पनि धम्की नदिएको जिकिर गरे ।
