• Tuesday 20th of October 2026

एकीकृत समाजवादीलाई थप एक मन्त्रालय


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) ले थप एक मन्त्रालय पाएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार साँझ सांसद रमा आलेमगरलाई बिना विभागीयमन्त्री नियुक्त गरेका छन् ।

एकीकृत समाजवादीले यो सँगै बागमतीमा तीन मन्त्रालय पाएको छ । आलेलाई आज शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

सांसद आलेमगर हिजो दिउँसो एक बजेलाई तोकिएको समयमा प्रदेश सभा नआएकाले बैठक चार बजेलाई बैठक सारिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖