• Tuesday 20th of October 2026

रमा आले मगरले लिइन् विना विभागीय मन्त्रीको शपथ


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २० । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) बाट विना विभागीय मन्त्रीमा नियुक्त रमा आले मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् ।मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् ।

उनी काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मगरलाई सोमबार मन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीले यो सँगै बागमतीमा तीन मन्त्रालय पाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖