• Tuesday 20th of October 2026

श्रीमान–श्रीमतीको वीभत्स हत्या, अनुसन्धानमा जुट्याे प्रहरी


  • धनकुटा खबर
  • .

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गए राति दुई जनाको हत्या भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी एक दम्पतीको वीभत्स हत्या भएको हो ।

सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान शव भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । एकान्त ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे । लुटपाट गरेर हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ । जनप्रतिनिधि र प्रहरीको साथै मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖