• Tuesday 20th of October 2026

बसको ठक्करबाट एक महिलाको मृत्यु


  • धनकुटा खबर
  • .

दोलखा : बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ ।प्रहरीका अनुसार काठमाडौँबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । विगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनिका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖