• Tuesday 20th of October 2026

कालीबहादुर मुछिएको रामहरी श्रेष्ठ हत्याकाण्ड- घरबाट अपहरण, त्रिशूलीमा भेटिएको थियो शव


  • धनकुटा खबर
  • .

काठमाडौं । माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले खामलाई ठमेलबाट पक्राउ गरेको हो । हतियार र नगद चोरी प्रकरणमा खाम नेतृत्वको समूहले श्रेष्ठको अपहरण तथा हत्या गरेको आरोप लागेको थियो ।

२०६५ सालमा व्यापारी रामहरी श्रेष्ठको अपहरणपछि हत्या भएको थियो । २०६५ जेठ १२ गते चितवनकाे साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो । २०६५ वैशाख १५ गते श्रैष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए ।

त्यतिबेला श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकुको शक्तिखोर शिविरमा पुर्याइएको थियो । श्रेष्ठको घरमा जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय थियो । उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ नगद र हतियार चोरी भएको भन्दै श्रेष्ठलाई खामको समूहले उठाएको थियो ।

शक्तिखोर शिविरबाट मारिएका रामहरी श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले खाम र गोविन्द बहादुर बटालासहितविरुद्ध २०६५ जेठ ८ गते किटानी जाहेरी दिएकी थिइन् । बटाला जेल सजाय काटेर रिहा भइसकेका छन् र माओवादी राजनीतिमा क्रियाशील छन् । खामलाई भने फरार बनाएर राखिएको थियो ।

बटालाविरुद्ध फैसला भएपनि अन्यका हकमा मुद्दामा मुल्तवीमा छ । घटनादेखि खाम फरार रहेका थिए । राजनीतिक संरक्षणका कारण प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

चोरीको घटनापछि जनमुक्ति सेनाको तेस्रो डिभिजन कार्यालयले अधिकारी र थापालाई नियन्त्रणमा लिएर शक्तिखोर शिविरमा पुर्याकएको थियो । शक्तिखोरका ब्रिगेड कमान्डर जिवित भनिने बटालाले खामको निर्देशनमा पछि श्रेष्ठलाई पनि शिविरमा ल्याएका थिए ।

निर्घात कुटपिटपछि सख्त घाइते भएका श्रेष्ठलाई उपचारका लागि लैजाँदा बाटोमै मृत्यु भएको डिभिजन हेडक्वार्टरलाई रिपोर्टिङ गरेको र उनलाई कारबाहीका लागि पठाएको जनमुक्ति सेना नेपाल तेस्रो डिभिजन शक्तिखोरलाई प्रहरीलाई पत्र पठाएको थियो ।

बटालाले बयानका क्रममा श्रेष्ठको शव चितवनको साविक दाहाखानी गाविस–९ भालुवाङस्थित त्रिशूली नदीको पुलबाट नदीमा फ्याँकेको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖