• Tuesday 20th of October 2026

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रञ्जिताको ह्विप,अब के होला ?


  • धनकुटा खबर
  • .

काठमाडौं,२१ चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन सांसदलाई ह्वीप जारी गरेकी छन् ।

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन् । उनलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे विवाद हुँदा पार्टीनै विभाजनको डीलमा पुगेको बेला आाज एक सूचना जारी गर्दै अध्यक्ष श्रेष्ठले ह्वीप जारी गरेकी हुन् ।

‘नागरिक उन्मुक्ति पार्टी, सुदुरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुदाँ दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन्। सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖