• Tuesday 20th of October 2026

टोकियो युनिभर्सिटीलाई ढोगे सिके राउतले


  • धनकुटा खबर
  • .

काठमाडौँ । जापान भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले त्यहाँको टोकियो युनिभर्सिटीको भूमिलाई ढोगेका छन् ।

जापान सरकारको मोनबुसो छात्रवृत्ति पाएर टोकियो युनिभर्सिटीबाट स्नातकोत्तर गरेका सिके राउत त्यहाँबाट फर्केपछि पहिलो पटक जापान भ्रमणमा गएका हुन् । १८ वर्षपछि जापान पुगेका उनी आफू पढेको सो कलेजलाई ढोगेका छन् ।

उनी जापान उड्नुअघि आफ्नो फेसबुकमा लेखेका थिए, ‘किन हो किन मलाई एक पटक जापान गएर त्यो भूमिलाई, ‘सेन्सई’ लाई, साथीभाइहरूलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ । मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖