• Tuesday 20th of October 2026

शास्त्रीय गायकद्वय कामत र आचार्यको उपचारमा सघाउन आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली शास्त्रीय संगीतका दुईजना पाका स्रष्टाको उपचारमा आर्थिक सहयोग गर्न नेपाल शास्त्रीय संगीत समाजले आग्रह गरेको छ । दुई अलग विज्ञप्ति जारी गर्दै संस्थाले शास्त्रीय गायक गुरुदेव कामत र ध्रुपद गायक विष्णुप्रसाद आचार्यको उपचारमा सघाउन अपील गरेको हो ।

कामतको मिर्गौलामा खराबी देखिएको जनाइएको छ । आचार्यको मस्तिष्कको स्नायु संकुचन भई शरीरको दाहिने भाग नचल्ने भएको र अहिले काठमाडौंको माइतीघरमा उपचाररत रहेको संस्थाले जनाएको छ ।

दुवैजना स्रष्टालाई उपचारका लागि आर्थिक अभाव भएपछि शुभेच्छुकलाई सहयोगी हात प्रदान गर्न संस्थाले आग्रह गरेको हो । संस्थाले स्थापना गरेको कलाकार आपतकालीन कोषमा सघाउन भनिएको छ ।

यी दुवै गायकलाई उपचारका लागि अर्थ सहयोग जुट्ने क्रम जारी छ । गायक शिव परियारले दुवैजनाको उपचारका लागि १५-१५ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖