• Tuesday 20th of October 2026

जसपाले इलाम- २ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने


  • धनकुटा खबर
  • .

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम-२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ।

विहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम- २ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो।

जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖