काठमाडौं, २३ चैत । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सदस्यबाटै राजीनामा दिनुपर्ने बताएका छन् ।
बिहीबार गोर्खाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रचण्डले कांग्रेसका मतदाताबाट निर्वाचन जिते पनि अहिले धोका दिएकाले सांसद पदबाट राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् ।
