• Tuesday 20th of October 2026

ओलीको टिप्पणी- वामपन्थी भन्ने केही व्यक्तिहरू स्वार्थलाई सिद्धान्तको जग बनाएर हिँडेका छन्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी पार्टीभित्र केही व्यक्तिहरू स्वार्थहरूलाई सिद्धान्तको जग बनाएर हिँडेको टिप्पणी गरेका छन्। एमाले स्याङ्जा जिल्ला अधिवेशन उद्घाटनलाई गर्दै वामपन्थीहरू भित्रैदेखि वामपन्थी रहन नसकेको बचाए।

उनले भने- साना साना नीजि स्वार्थहरूलाई सिद्धान्तको जग दिएर पार्टीभित्र अन्तर्द्वन्द्व मच्चाउने, पार्टीलाई विभाजित गर्ने, पार्टीमा अनेक प्रकारका गुटबन्दी गर्दै पार्टीलाई विभाजन गर्ने त्यस्ता क्रियाकलापहरूमा संलग्न रहेको पाइन्छ। जुन कम्युनिष्ट आन्दोलनले सिंगो देशको नेतृत्व गर्नुपर्ने थियो त्यही कम्युनिष्ट आन्दोलनभित्र धेरै गलत विचार प्रवृत्ति फेला परे। त्यसलाई समयमै रोक्न सकिँदैन।

देशी विदेशी शक्तिहरू एकजुट भएर एमालेकाविरूद्ध हमला गरेको उनको भनाइ छ।उनले थपे- यो सिलसिला जारी रह्यो। अहिले पनि संघर्ष गरिरहेका छौँ। हामीले म नै अध्यक्ष भएको बेलामा कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सहकार्य गरेर, सँगै चुनाव लडेर, पार्टी एकता गरेर दुई तिहाइको स्थितिमा पुर्‍याएका हौँ। केही मान्छेहरूमा असन्तुष्टि बढ्यो। स्वार्थ केन्द्रित भएर अरूको खेलौना बने। हाम्रो सरकार ढाल्न हाम्रो भित्रका केही खराब तत्त्वहरू लागे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖