• Tuesday 20th of October 2026

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लामा, स्वागतका लागि समर्थकसहित विमानस्थलमा पुगे ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन्। जुम्ला पूर्व राजा शाहलाई राप्रपा सांसद ज्ञानेन्द्र शाहीसहित उनका समर्थकहरूले विमानस्थल पुगेर स्वागत गरेका छन्।

राप्रपा प्रवक्ता समेत रहेका शाहीका अनुसार जुम्लाको सदरमुकाम खलंगामा पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

पूर्वराजाले जुम्लाको चन्दननाथ र भैरवनाथको दर्शन गर्नेछन्। पछिल्लो समयमा पूर्वराजा शाहको देशदौडाह बढेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖