• Tuesday 20th of October 2026

इलाम–२ को उपनिर्वाचनमा धेरै चकित हुने झलनाथको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेद्वार जितबहादुर राईले चुनाव जित्ने दाबी गरेका छन् ।

राईको उम्मेद्वारी दर्ताको लागि गृहजिल्ला इलाम पुगेका खनालले यस्तो बताएका हुन् । उनले भने,‘‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ, इलाममा हाम्रो पार्टीले जित्दैछ, धेरै चकित हुनेछन् ।’

खनाल आँफै उपनिर्वाचनमा वामपन्थीहरुको साझा उम्मेद्वार हुन चाहन्थे । तर, एमालेले सहयोग नगरेपछि उनकै जोडबलमा एकीकृत समाजवादीले आफ्नो उम्मेद्वारी दिएको छ । माओवादीले भने एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई सघाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖