• Wednesday 21st of October 2026

भिडन्त उन्मुख संसद् : प्रतिपक्ष र सरकार दुवै पक्षबाट अवरोध, बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल कांग्रेस र सत्तापक्ष दलहरूका सांसदले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले कांग्रेस सांसद सुशीला थिङले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई बोल्न दिएपछि कांग्रेस सांसदहरूले अवरोध गरे ।

त्यसपछि सत्तापक्षका सांसदहरू पनि आसनबाट उभिएर बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले विधायिकी काममा ढिलाइ भएको, सांसदहरूलाई बोल्न नियमावली अनुसार समय दिएको, संसद् बैठक सञ्चालनको वातावरण बनाउन र सांसद झालाई बोल्न दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖