• Wednesday 21st of October 2026

रास्वापाको काउन्टर प्रस्तावमा कांग्रेस महामन्त्री शर्माको समर्थन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को माग उपयुक्त भएको बताएका छन् ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गरेको कांग्रेसलाई काउन्टर दिन रास्वपाले मंगलबार ०४७ यता सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको प्रस्ताव अघि सारेको थियो ।

कांग्रेस महामन्त्री शर्माले रास्वपाको प्रस्ताव उपयुक्त रहेको भन्दै छानबिन समिति गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक अपिल गरेका हुन् ।

साथै सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन पनि गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ । ‘सम्माननीय प्रधानमन्त्रीलाई सार्वजनिक अपिल, विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय समितिको माग रास्वपाले अहिले अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौँ,’ शर्माले भनेका छन्, ‘सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गरौँ।’

यसबिचमा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले ०४७ यता सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका थिए । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट कांग्रेसपछि नहटेपछि रास्वपाले काउन्टर माग अघि सारेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले पनि उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको गठन गर्नुपर्ने माग गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖