काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले हिजो प्रदर्शनका क्रममा व्यापक प्रहरी दमन भएको भन्दै संसद्मा आपत्ति जनाएका छन् ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्री रवि लामिछानेको निर्देशनमा राप्रपाको आन्दोलनमा प्रहरी दमन भएको बताएका हुन् ।
उनले गृहमन्त्री लामिछानेमाथि कटाक्ष गर्दै भने ‘गृहमन्त्रीज्यू अमेरिका बसेर आउनु भएको हो । उहाँ अमेरिकन नागरिक पनि हुनुहुन्थ्यो । अहिले नेपालको नागरिकता लिनु भएको छ । उहाँलाई एउटा कुरा थाहा छ कि छैन ?’
