• Thursday 22nd of October 2026

क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बिच पार्टी एकता हुने भएको छ ।

दुई पार्टीबिच यही वैशाख १९ गते एकता हुने संयुक्त वक्तव्यमार्फत बिहीबार जनाएका हुन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्त बहादुर नेपालीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ,‘यस अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपिल गर्दछौँ ।’

यी दुई पार्टी एकताका लागि वार्तारत थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖