• Thursday 22nd of October 2026

कोरोनाले मृत्यु भएका तीन जनाको दाहसंस्कार एक हजार दिनपछि


  • धनकुटा खबर
  • .

छत्तीसगढ । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसको चपेटामा परेर ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।

राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा रहेका यी तीनै शव कंकालमा परिणत भइसकेका थिए । अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो ।

यी शव महिला वा पुरुष कसका हुन् भन्ने पनि थाहा थिएन । यो खबर सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनले यस विषयमा ध्यानाकर्षण गरायो । कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो ।

अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन । त्यसपछि यी शवहरू पीपीई किटमा राखिएका थिए । समाचार बाहिर आएपछि पीपीई किट खोल्दा त्यसभित्रको कागजमा मृतकको जानकारी लेखिएको थियो ।

जानकारीअनुसार मृत्यु हुनेमा एक महिला थिइन् । त्यसपछि परिवारका सदस्यहरुको खोजी गरी उनीहरुलाई जानकारी गराइएको थियो । परिवारको सहमतिपछि बिहीबार तीनै जनाको शवलाई कोरोना प्रोटोकलअनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖