• Thursday 22nd of October 2026

मतदानपछि सुहाङले भने- जित सुनिश्चित छ


  • धनकुटा खबर
  • .

काठमाडौं- इलाम- २ मा शनिबार भइरहेको उपनिर्वाचनमा एमालेका उम्मेदवार रहेका सुहाङ नेम्वाङले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।

मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो घरदैलको क्रममा जनताले गरेको माया, विश्वास र प्रतिक्रियाबाट आफू निश्चिन्त रहेको बताए।उनले विशेष परिस्थितिमा निर्वाचन भएको भन्दै मतदानपछि आफूमा उत्साह महसुस भइरहेको बताए।

२०७९ मंसिर ४ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार सुवास नेम्वाङ विजयी भएका थिए। तर उनको निधन भएपछि भएको उपनिर्वाचनमा एमालेका तर्फबाट सुवासकै छोरा सुहाङ उम्मेदवार बनेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖