• Thursday 22nd of October 2026

इलाममा आजै मतगणनाको लागि यस्तो तयारी


  • धनकुटा खबर
  • .

इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । शनिबार दिउँसो करिब पौने ३ बजेसम्म ४० प्रतिशत बढी मतदात भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान जारी रहँदा मतगणनाको तयारी पनि भइरहेको छ । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । सिटी हलमै दुई स्थानमा मतगणना गर्ने तयारी गरिएको छ ।

मतगणनाका निम्ति तारजाली लगाउने काम भइसकेको छ । आवश्यक अरू सामग्री ल्याउने कार्य भइरहेको छ । आवश्यक डेस्क, बेन्च, अरू कागजातलगायत सामग्री ल्याउने क्रम जारी छ ।

आजै राति १० बजेभित्र मतपेटिका जिल्ला ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖