• Thursday 22nd of October 2026

सिन्धुलीको एसपीमा अर्जुन तिमिल्सिना


  • धनकुटा खबर
  • .

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड एसपी अर्जुनप्रसाद तिमिल्सिनालाई दिने निर्णय गरिएको छ । सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि रिक्त स्थानमा तिमिल्सिनालाई पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

उनी प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्यरत थिए । वैशाख १० मा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।

२०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका हुन् । यसअघि पनि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक बसन्त कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै हटाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖